Fri. Jan 31st, 2025

बुढीगण्डकी आयोजनाः एक लाख २३ हजार रोपनी जग्गा डुवानमा

budi-gandaki
२ मंसिर, धादिङ –

एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । बुधबार ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना बन्ने गोरखा र धादिङका सांसद, प्रमुख जिल्ला अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरी जग्गा अधिग्रहण अगाडि बढाउन ११ बुँदे निर्णय गराएको छ । मन्त्री शर्माले अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरी तीन महिनाभित्र वितरण गरिसक्ने बताए । शर्माले भने, ‘अब तीव्र रूपमा मुआब्जा निर्धारण गरी रकम वितरण गरिनेछ ।’

निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ । मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका बासिन्दाका लागि विभिन्न ११ वटा मोडालिटी तयार पारेको छ ।

बुढीगण्डकी आयोजनाबाट गोरखा र धादिङको एक लाख २३ हजार नौ सय २१ रोपनी जग्गा डुबानमा पर्नेछ । गोरखा र धादिङतर्फ क्रमशः ३० हजार ७८ र २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्नेछ ।

यसमध्ये निजी ५८ हजार एक सय ५३ र सरकारी ३३ हजार दुई सय ७१ रोपनी जग्गा डुब्नेछ । आयोजनाले डुब्ने निजी जमिन अधिग्रहण गर्नुपर्नेछ । ३२ हजार चार सय ९७ रोपनी भीर, पहरा, वन, बुट्यान भएको जमिन डुब्ने आयोजनाले जनाएको छ ।

२०७३ मंसिर २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: