Wed. Nov 27th, 2024

धादिङको पीडामा नवनिर्मित दुई कोठे भवन विद्यालयलाई हस्तान्तरण

pidama

१ मंसिर, धादिङ-

धादिङको पिडा गाउँ विकास समिति वडा नंबर १ मा नवनिर्मित विद्यालय भवन बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल युएमएनको सहयोगमा प्रयास नेपाल धादिङले निर्माण गरेको भवन स्थानिय विकास अधिकारी भगवान अर्यालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच इण्द्रायणी आधारभुत विद्यालयलाई हस्ताण्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम रिजालको अध्यक्षतामा सम्पन्न विद्यालय हस्ताण्तरण कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, शशस्त्र प्रहरी मोहन क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

school-hastaran

त्यस्तै पिडा २ मा रहेको मानेभञ्ज्याङ आधारभुत विद्यालयमा निर्मित भवन पनि विद्यालयलाई हस्ताण्तरण गरिएको छ । धादिङ विपद् व्यवश्थापन कार्यक्रमका टिम लिडर प्रमोद राज रुपाखेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशलाल श्रेष्ठ, प्रयास नेपालका उपाध्यक्ष सविता अर्याल लगायतको उपस्थिती रहेको थियो ।

युनाइटेड मिसन टु नेपाल युएमएनको सहयोगमा प्रयास नेपाल धादिङले संचालन गरिरहेको धादिङ विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत धादिङ जिल्लाका विभिन्न गाविसमा विद्यालय भवन निर्माण तथा हस्ताण्तरण कार्यक्रम भइरहेको छ ।

दुई वटै विद्यालयमा १२ १२  लाखको लागतमा दुई दुई कोठे भवनको निर्माण गरिएको हो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, छिमेकी विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

२०७३ मंसिर १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: