Thu. Mar 6th, 2025

अर्को साता आइसीसी टोली नेपाल आउने

२३ कात्तिक, धादिङ- अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली अर्को साता नेपाल आउने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको विधान मस्यौदाका लागि बनाएको सल्लाहकार समितिको कार्यविभिमा नेपाल सरकारले असन्तुष्टि जनाएपछि आईसीसीको टोली कात्तिक २८ गते काठमाडौं आउन लागेको हो । आईसीसीको टोलीमा अमर शेख पनि रहनेछन, जसलाई आईसीसीले नेपाल सल्लाहकार समितिको नेतृत्व गर्ने जिम्मा दिएको छ ।

आईसीसीको टोलीसँग एसियाली त्रिकेट काउन्सिलका प्रतिनिधि पनि आउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

आईसीसीको टोलीले सल्लाहकार समितिका सदस्यहरुसँग समितिको कार्यविधिबारे छलफल गर्नेछ । सल्लाहकार समितिका नेपाली सदस्यहरुले आईसीसीले दिएको कार्यविधिप्रति असन्तुष्टि जनाएका छन् भने युवा तथा खेलकुद मन्त्रालयले पत्र नै पठाएको थियो ।

 

About The Author

अन्य समाचारहरु: