Fri. Mar 7th, 2025

घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड

prachanda_2937459e

२३ कात्तिक, काठमाडौं –

आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन् ।

आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री प्रचण्ड घेराबन्दीमा परेका हुन् ।

उनको पक्षमा वकालत गरिदिनको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएका छन्।

लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री प्रचण्डका पक्षमा देखिएका छैनन् ।  ‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र रस बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘कोही योजनाबद्ध रुपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइनेछैन ।’

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय  कार्यान्वयन गराउने नसकेको , कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: