लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई पछि पार्दै वाट्फोर्डलाई ६–१ को फराकिलो अन्तरमा हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
लिभरपुललाई जिताउन साडियो मानेले दुई तथा फिलिप कोन्टिन्हो, एमरी क्यान, रोबर्टो फिरमिनो र जर्जिनियो विनाल्डमले एक-एक गोल गरे।