Fri. Mar 7th, 2025

संसोधनको प्रस्तावका विषयमा सत्ताधारी दलबीच नै कुरा बाझियो

२२ कार्तिक काठकाण्डौ– संविधान संसोधनको प्रस्तावका विषयमा सत्ताधारी दलबीच नै कुरा बाझिएको छ । नेकपा माओवादी केन्द्रले भने अंगिकृत नागरिकलाई संवैधानिक निकायको प्रमुख बनाउने गरी कुनै प्रस्ताव तयार नभएको दावी गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संसोधन बारेमा प्रस्ताव तयार भएको भन्ने चर्चा निराधार रहेको उल्लेख गरिन । तर कानूनमन्त्री अजयशङ्कर नायकले अंगिकृत नागरिक र उनीहरुलाई दिइने सुविधा बारे अन्तरिम संविधानको व्यवस्थालाई व्युँताएर नयाँ संविधानमा समावेश गर्ने प्रस्ताव सरकारले गरेको पुष्टि गरे ।

सरकारले तयार पारेको भनिएको संविधान संसोधनको प्रस्तावका प्रतिलिपी बिभिन्न सञ्चार माध्यममा प्रकाशित भइसकेका छन् । सरकाले तयार पारेको प्रस्ताव अनुसार अंगीकृत नागरिकता प्राप्त गरी कम्तिमा १० वर्ष नेपालमा बसोबास गरेको व्यक्ति संवैधानिक पदहरुमा नियुक्तिका लागि योग्य मानिने उल्लेख छ । मधेसी मोर्चाका नेताको हातमा संविधान संसोधनको प्रस्ताव पुगिसकेको बताइए पनि उनीहरुले भने नपाएको दावी गरेका छन् ।

About The Author

अन्य समाचारहरु: