Tue. Nov 26th, 2024

भारतद्वारा नेपालमाथि मिनी नाकाबन्दी, सयौं मालबाहक ट्रक रोकियो

index

२२ कात्तिक, काठकाण्डौ– भारतको कोलकाता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन ।

जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेका हुन ।

पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्ताहरु अहिले फेरि मारमा परेका छन्न ।विभिन्न देशबाट आयात गरिएका बस्तुहरु कोलकातामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष पनि ठूलो क्षति बेहोर्नेु पर्ने देखिएको छ ।

गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समस्या देखिएको थियो । वीरगञ्जको सुख्ख बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पु¥याउन नसक्दा विलम्ब शूल्क तिर्न व्यवसायी बाध्य भएका छन ।

नेपाली उद्योग व्यवसायीहरुले अहिले खाली कन्टेनर कोलकाता बन्दरगाहसम्म पु¥याइएका खाली कन्टेनरको पनि जरिवाना तिर्नुपरिरहेको वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: