Fri. Mar 7th, 2025

नेपाल भ्रमण सकेर भारत फर्किए मुखर्जी

pranav-358x300
१९ कात्तिक धादिङ

तीनदिने नेपाल भ्रमण सकेर भारतका राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् ।  राष्ट्रपति मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

विदाईमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।

अठार वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपाल आएका थिए ।  नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नाका साथै उनलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जीले काठमाडौँको पशुपतिनाथ र जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा गरेका थिए । स्वदेश

About The Author

अन्य समाचारहरु: