Fri. Jan 31st, 2025

बुढीगण्डकी मुआब्जा : पहिलो चरणमा धादिङ र गोरखाका ६ गाविसमा वितरण गरिने

budi-gandaki

१९ कात्तिक, धादिङ –

बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुलाई आगामी कात्तिक ३० गतेदेखि मुआब्जा बाँड्न सुरु गरिने भएको छ ।

पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी र गोरखाको घ्यालचोक, भुल्मी चोक र दर्बुङबाट मुआब्वा वितरण गर्ने तयारी भएको छ ।

मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका बासिन्दाका लागि विभिन्न ११ वटा मोडालिटी तयार पारी  ६ गाविसमा जग्गाको कित्ताकाटदेखि वर्गीकरण समेत गरिसकेको छ ।

आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । भौतिक रुपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् । आर्थिकरुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या प्रभावित हुनेछन् ।

आयोजनाबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमिन डुबानमा पर्नेछ भने गोरखाको ३१ हजार ९ सय रोपनी डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्नेछ । सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमिन ६७ हजार १ सय ७ रोपनी छ ।कुल १२ सय मेगावाट उत्पादन क्षमता रहेको यस जलविद्युत आयोजनाबाट प्रभावित जनताले भोगचलन गर्दै आएको जग्गाजमीनको कागजपत्रका आधारमा मुआब्जा वितरण गर्ने बताइएको छ ।

About The Author

अन्य समाचारहरु: