Tue. Nov 26th, 2024

निःशुल्क दिईने औषधी धादिङ सहित ५१ जिल्लामा खरिद

medicine

 १९ कात्तिक,  धादिङ – 

सरकारले निशुल्क दिने औषधी जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले पनि खरिद गर्ने भएको छ ।
चालु आर्थिक बर्षको बजेटबाट बिहीबार सम्म धादिङ सहित ५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन् ।

अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक मोहम्मद दाउदले जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालयले अहिले सम्मकै सवै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताए ।

“मैले यस मन्त्रालयमा काम गर्न थालेको २१ बर्ष भयो, यति चाडौ औषधी खरिद प्रक्रिया भएको मलाई थाहा थिएन,”  दाउदले भने ।

उनीहरुले ३ लाख रुपैया बराबरको औषधी किनिसकेका हुन् भने बाँकी औषधी किन्नका लागि बिहीबार सम्ममा ३३ ओटा जिल्ला जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेका छन् । वाँकी जिल्लाले पनि एक हप्ता भित्रमा बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ ।

केन्द्रमा आपुर्ती महाशाखाले १६ गते नै वोलपत्र आह्वान गरेको हो भने जिल्ला जनस्वास्थ्य कार्यालयहरुले अहिले आह्वान गरिरहेका छन् ।

जनस्वास्थ्य कार्यालयहरु मध्ये सवै भन्दा धेरै काठमाडौंले ७५ लाख र सवै भन्दा थोरै मनाङले १३ लाख रुपैया बराबरको औषधी किन्ने भएका छन् ।

पाँच ओटै क्षेत्रीय निर्देशनालयहरुले पनि एक दुई दिन भित्रमा बोलपत्र आह्वान गरिसक्ने डा दाउदले बताए । क्षेत्रीय निर्देशनालय मध्ये धनकुटाले ६० लाख, हेटौंडाले ७५ लाख, पोखराले ६० लाख, सुर्खेतले ५५ लाख र डोटीले ५० लाखको औषधी किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेका हुन् ।

बोलपत्र आह्वान गरेपछिका वाँकी सवै प्रक्रिया पुरा गर्दा बढीमा २ महिना भित्रमा औषधी ल्याईसकिने निर्देशक दाउदले बताए ।

मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गर्न लागेका हुन् ।

About The Author

अन्य समाचारहरु: