Tue. Nov 26th, 2024

नेपाली जुटमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउने भारतको तयारी

india-flag
१९ कात्तिक, काठमाडौं

नेपालबाट निर्यात हुने जुटजन्य सामाग्रीमा भारतले अतिरिक्त कर लगाउने तयारी गरेको छ ।

भारतीय जुट उद्योगहरुको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ ।

कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यन्वयनमा ल्याइनसकेको छ ।

भारतले एन्टी डम्पिङ ड्युटी लगाउने भएपछि पूर्वका जुट उद्योगीहरु चिन्तित बनेका छन् ।  यसबाट उद्योगीहरु चिन्तित हुनुका साथै थप लगानी गर्न हच्किएका छन् । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: