सरिता श्रेष्ठ / १३ कात्तिक, धादिङ –
धादिङको थाक्रे र नौबिसे गाँउ विकास समितिका स्थानीयहरु पानीकै कारण बिरामी पर्नुको मुख्य कारण दूषित पानी भएको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले गाँउमा भएको पाँच वटा पानीको मुहानहरुमा परीक्षण गर्दा एउटा मुलमा किटाणु भेटिएको छ ।
स्थानीयले उपभोग गर्दै आएको पानीले एकै घरका ४/५ जना बिरामी पर्न थालेपछि पानीको मुहानको परीक्षण गरिएको हो । परीक्षण गर्दा भिब्रिओ कलेरा नामक किटाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ प्रशासकिय अधिकृत जीवनकुमार मल्लले जानकारी दिए ।
दशै अगाडि नै त्यहाँका स्थानीयहरु बिरामी पर्न थालेपछि नेशनल पब्लिक हेल्थ ल्याबरेटरीले पानीको मुहान परीक्षण गरेको थियो । परिक्षण गर्दा किटाणु भेटिएको मल्लले जानकारी दिए ।
किटाणु भेटेपछि सबैलाई सावधानी अपनाउन जिल्ला स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ । पानी सफा गर्ने चार विधि प्रयोग गरेर मात्र पानी खान अनुरोध गरेका छन् ।