धादिङकोे महादेवस्थान गाविस बडा नं. २ सिम्थलीमा रहेको प्रजा प्राथमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरिएको छ । रुम टु रिडको साझेदारीमा संचालित पुस्तकालय कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङको सहयोगमा संचालित पुस्तकालय शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
२०७० सालमा स्थापना भएको पुस्तकालयमा हाल २९ सय ३९ वटा बालबालिकाका मनोबिज्ञान र उमेर अनुसारका रङ्गिचङ्गि पुस्तकहरु, पोष्टर र काठबाट निर्मित शिक्षण सहयोगी सामाग्रीहरु राखिएको छ ।
विद्यालयमा अध्ययनरत बााबलिकाहरुको पढ्ने बानीको विकास गर्न र बिद्यार्थीहरुको बुझेर पढ्ने र पढ्ने सीप बढाउन बिद्यालयहरुमा स्थापना भएको पुस्तकालयहरु निकै नै लोक प्रिय बनेको प्रधानाध्यपक चन्द्रमान तामाङले बताए ।
पुस्तकालय हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मी, रुम टु रिडका कार्यक्रम अधिकृत चन्द्रप्रभा कोईराला, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, अध्यक्ष उषा बि.क, छिमेकी बिद्यालयका प्रधानाध्यपक, बिद्यार्थीहरु, अभिभावक लगायतको सहभागीता रहेको थियो ।