Mon. Nov 25th, 2024

कक्षा ११ को नतिजा सार्वजनिक, ४७ प्रतिशत उत्तिर्ण

hseb

५ माघ, काठमाडौ

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार नियमित तर्फ ४७ दशमलव २६ प्रतिशत र आंशिक तर्फ ३३ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ ।

गत जेठमा सम्पन्न ११ को परिक्षामा २ लाख २५ हजार ३ सय ७३ विद्यार्थी नियमित परिक्षामा समावेश भएका थिए । ती परिक्षार्थीमध्ये १ लाख ६ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । यस्तै, आंशिकतर्फ १ लाख ४१ हजार ५ सय ७० परिक्षार्थी सम्मिलित भएकामा ४६ हजार ९ सय २३ उत्तीर्ण भएका छन् ।
यस वर्षको नजिता गत वर्षभन्दा राम्रो हो । गतबर्ष नियमित तर्फ ४० प्रतिशत र आँशिक तर्फ ३२ दशमलव ९३ प्रतिशत उत्तिर्ण भएका थिए ।

परिक्षाको नियमावली अनुसार परिक्षाफल ३ महिना ढिलो गरी आएको छ । नियमावलीअनुसार परिक्षाफल गत कार्तिकभित्र नै आईसक्नुपर्ने थियो ।
कसरी हेर्ने नतिजा ?
कक्षा ११ को नतिजा हेर्नका लागि तलका लिंकमा क्लिक गर्नुहोस्‘
उच्च माध्यमिक शिक्षा परिषद्
नेपाल टेलिकम
एजुकेशन सञ्जाल
यस्तै, एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसका लागि जकभद टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर टाइप गर्ने र १६०० मा म्यासेज पठाउने ।
यस्तै, hseb  टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर टाइप गर्ने र ७६७६ मा म्यासेज पठाउने ।
साथै, नेपाल टेलिकमको ल्यान लाइन तथा सिडिएमएबाट १६०१ मा फोन गरेर पनि नजिता थाहा पाउन सकिन्छ ।
(ओएनएस न्युजबाट साभार)

About The Author

अन्य समाचारहरु: