Fri. Mar 7th, 2025

विकास निर्माणका गतिविधिहरुलाई अगाडी बढाउन केन्द्रिय स्तरसम्म पहल हुनुपर्छ : तुलाधर

ganga-sir
१२ कात्तिक, धादिङ –

पूर्व शिक्षामन्त्री एवम् सांसद गंगालाल तुलाधारले कल्लेरी गाविसमा विकास निर्माणका गतिविधिहरुलाई अगाडी बढाउन केन्द्रिय स्तरसम्म पहल गर्ने बताएका छन् ।

शुक्रबार नेकपा एमाले गाँउ पार्टी कमिटिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तुलाधारले यस्तो बताएका हुन् । तुलाधारले संविधान कार्यन्वयनका कार्यमा नेकपा एमालेले गृहकार्य गरिरहेको बताए । सबै दलहरुसँग समन्वय गरेर कार्यन्वयनका कार्य भइरहेको बताए ।

विकास निर्माण र योजनाहरुका बारेमा अर्का सांसद गुरुप्रसाद बुर्लाकोटीले जिल्लाको समग्र विकास निर्माणको बारेमा बोलेका छन् । उनले कल्लेरी गाविसको केउरिनीटार र बैरेनी गाविसको मासटार जोड्ने झोलुङ्गे पुलको ठाँउमा पक्की मोटर पुल निर्माणको लागि सरकारसँग पहल गर्ने आश्वासन दिए।

कल्लेरी गाविसकै भुतिया र बैरेनीको बेल्खु जोड्ने तुइन रहेको स्थानमा झोलुङ्गे निर्माणको लागि आवश्यक सहयोग गर्ने बताए ।  नेकपा एमाले कल्लेरी गाँउ पार्टी कमिटिका अध्यक्ष माधवप्रसाद खतिवडाको अध्यक्षतामा भेला भएको हो ।

About The Author

अन्य समाचारहरु: