११ कात्तिक, धादिङ- धादिङबासीलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हिमालयन हेल्थकेयर नेपालले जिल्ला अस्पताल धादिङलाई एम्बुलेन्स सहयोग गरेको छ ।
हिमालयन हेल्थकेयर नेपाल धादिङका संयोजक शम्भुराज सिंह ठकुरीले जिल्ला अस्पताल धादिङका मेडिकल अधिकृत डाक्टर श्याम ढोडारीलाई ११ लाख बराबरको एम्बुलेन्स र पोर्टेबल ओटिलाईट, एनेश्थेसिया मेसिन, नेवुलाईजर मेसिन, सक्सन र बेडसाईड मोनिटर गरी १८ लाख ६९ हजारको स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् ।
विशेषगरि ग्रामीण क्षेत्रका विरामीहरुलाई समयमै अस्पताल ल्याउनलैजान र सहज ढंगले स्वास्थ्य उपचारसेवा उपलब्ध गराउन सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स तथा उपकरण हस्तान्तरण गरिएको हिमालयन हेल्थकेयर नेपाल धादिङका संयोजक ठकुरीले बताए ।