Tue. Nov 26th, 2024

तीन महिनामा धादिङमा ७५ करोड रेमिट्यान्स कारोबार

सरिता श्रेष्ठ / ७ कात्तिक,  धादिङ –

remitance-photo
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । धादिङ जिल्ला वैदेशिक रोजगारीको गन्तव्य रोज्ने जिल्लाहरुमध्येबाट अग्रस्थानमा आउँछ ।

विभिन्न माध्यम मार्फत विदेश पुगेकाहरुबाट गएको तीन महिनामा ७५ करोड रेमिट्यान्सकाको कारोबार भएको छ । धादिङमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेशनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीका अनुसार यस आर्थिक वर्ष २०७३/०७४ को साउन महिनादेखि हालसम्म ७५ करोडको हाराहारीमा रेमिट्यान्सको कारोबार गरेको छ ।

दशै सुरु भएसंगै धादिङमा रेमिट्यान्सको कारोबारमा वृद्धि भएको छ । जिल्लाका सबैजसो कम्पनीहरुबाट बाह्य र आन्तरिक कारोबार बढेको हो ।अघिल्लो वर्ष २०७२/०७३ मा बाह्य रेमिट्यान्स तर्फ १ अर्व ५२ करोड ३४ लाख ५१ हजार ५ सय २५ रुपैंया र आन्तरिक तर्फ ४८ करोड ११ लाख ७७ हजार ४ सय ५३ रुपैंया गरि जम्मा २ अर्ब ४६ लाख २८ हजार ९ सय ७८ रुपैंया रेमिट्यान्सको कारोबार भएको थियो ।

 त्यस्तै आर्थिक वर्ष ०७१/७२ मा जम्मा २ अर्व १ करोड ११ लाख ५४ हजार ७ सय ८७ रुपैंया बराबर रेमिट्यानसको कारोबार भएको थियो । जस अन्तर्गत १ अर्व ५६ करोड ५७ हजार ३ सय १६ रुपैंया र आन्तरिक तर्फ ४५ करोड १० लाख ९७ हजार ४ सय ७१ रहेको छ ।
दशै सुरुहुनु केही दिन अगाडि दिनमा ४ करोड सम्म रेमिट्यान्स भुक्तानी दिएको छ । अघिल्ला आर्थिक वर्षको दशैं तिहारमा भन्दा यो वर्ष भने कम मात्रमै रेमिट्यान्सको कारोबार भएको छ ।

विदेशमा रहेका नेपालीहरुले खासगरी आइएमई गरी रकम पठाउने गर्दछ । मलेसिया, साउदी, कतार, बहराइन, दुवई, अमेरिका, जापान, लन्डन, कुवेत, इराक, अफगानिस्तान लगायतका देशहरुबाट रेमिट्यान्स आउने गरेको छ । यी देशहरु मध्ये सबैभन्दा बढी मलेसिया, साउदी, कतार, बहराइन, दुवई जस्ता खाडी मुलुकहरुबाट ८५ प्रतिशत रेमिट्यान्स भित्रिने गिरीले बताए ।

विदेशबाट रकम पठाउँदा विशेषगरी आइएमई, प्रभु, वइस्टन युनियन, सिद्धार्थ, सीटि एक्सप्रेस, पृथ्वी एक्सप्रेस, सेवा मनि ट्रान्सफर, सूर्यदयो रेमिट प्रयोगमा आइरहेको छ । यसरी पाएको रकमले कोहीले घरपरिवारमा खर्च, विदेश जाँदा लागेको ऋण तिर्ने पनि गरेको छ भने कसैले उपभोग्य सामानहरु खरिद, मनोरञ्जनका साधनहरु (टेलिभिजन, मोबाइल, ल्यापटप, कम्प्यूटर), गरगहनामा खर्च गर्ने गर्दछ । कसैले उत्पादनमूलक कार्यमा पनि खर्च गरेको पाइन्छ ।

दैनिक ३–५ सयको हाराहारीमा ग्राहक    
दैनिक सरदरमा भन्दा ३ सय देखि ४ सयको हाराहारीमाग्राहकहरु आउने गर्दछ । चाडपर्वको समयमा बढी नै हुन्छन् । अहिले खासगरी वित्तिय संस्था, सहकारी संस्थाहरुले पनि रेमिट्यान्सको कारोबार सुरु गरेका छन् ।  यसले पनि ग्रामीण क्षेत्रका मानिसहरुलाई सेवा पुगेको छ । दैनिक ५०  देखि ६० लाखको हाराहारीमा रेमिट्यान्स भित्र्याउदै आएकोमा यसपालिको दशैंमा दैनिक डेढ करोड सम्म कारोबार गरेको छ ।

महिलाका नाममा ८५ प्रतिशत रेमिट्यान्स
सुरुवात देखि नै पुरुष भन्दा महिलाकै नाममा रेमिट्यान्स बढि आउँछ । लगभग ८५ प्रतिशत रेमिट्यान्स महिलाका नाममा आउँछ । श्रीमान वैदेशिक रोजगारमा जाने र स्वेदशमा रहेका श्रीमतीलाई पैसा हालिदिने भएका कारण पनि महिलाको नाममा बढी मात्रामा रेमिट्यान्स आउने गरेको पाइएको छ

About The Author

अन्य समाचारहरु: