Fri. Mar 7th, 2025

महाअभियोगका पक्षमा उभिन कांग्रेस नेतृत्वमाथि दवाव

६ कात्तिक, धादिङ- संसद्मा दर्ता भएको निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महा अभियोगको पक्षमा उभिन नेपाली काँग्रेसको नेतृत्व माथि दवाव परेको छ ।

जारी केन्द्रिय समिति बैठकमा बोल्ने नेताहरुले महा अभियोग प्रस्तावको विपक्षमा उभिदा पार्टीलाई पूरा गर्नै नसकिने गरी क्षति हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

जारी बैठकमा भएको छलफल बारे सीआईएनसँग कुराकानी गर्दै काँग्रेस केन्द्रीय सदस्य विश्व प्रकाश शर्माले कांग्रेसमा फरक फरक धारणा आए पनि नेतृत्व महाअभियोगका पक्षमा उभिने दवावमा परेको बताए ।

काँग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा १७ जनाले बोलेका थिए । अर्को बैठक पर्सी बस्नेछ । यो बिचमा सभापति शेरबहाादुर देउवाले आज र भोलि माओवादी केन्द्र र एमालेसँग छलफल गर्नेछन् ।

About The Author

अन्य समाचारहरु: