६ कात्तिक, धादिङ –
उत्तरी धादिङको तिप्लिङ गाविस वडा नम्बर ५, ६ र ७ का भेडा पालक र आलु खेती गर्ने किसान लब्दुङमा भेला भएका छन् ।
किसानहरुले आफुहरुले पालेको भेडा र आलु खेतीका बारेमा छलफल गर्न तिप्लिङकै वडा नम्बर ५ लब्दुङमा भेला भएका हुन् । किसानहरुसंग छलफलका लागि सदरमुकाम धादिङबेसीबाट प्राविधिकहरुको टोली लब्दुङ पुगेका छन् । अन्तराष्ट्रिय गैर सरकारी सस्था नोर्लासंगको साझेदारीमा जिल्ला स्थित गैर सरकारी संस्था फोकस नेपालले तिप्लिङ, झार्लाङ र सेर्तुङका भेडा पालक र आलु खेती गर्ने किसानहरुका लागि एभिसिडि कार्यक्रम संचालन गर्दै आएको छ भने तरकारीजन्य उत्पादनको विस्तार र भेडा पालनको विस्तारको लागि असल जीवन निर्माण कार्यक्रम संचालन गर्दै आएको छ ।
नोर्ला र फोकस नेपालको एक टोलीले तिप्लिङका किसानहरुले संचालन गर्दै आएको गतिविधिको अनुगमन गरेको छ । अनुगमन टोलीमा फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुली, नोर्लाका कार्यक्रम अधिकृत सन्तोष नेपाल, नोर्लाको एभिसिडि कार्यक्रमका संयोजक प्रमिला भट्टराई, नोर्लाका फिल्ड प्राविधिक असोक थापा लगायत सहभागी छन् ।