सौगात लंम्साल –
वर्तमान सरकार र सरकारको काम सत प्रतिशत सहि हो भन्नेहरु अहिले गुमनाम छन् । किनकी सरकारले अहिले न काम नै गरेको छ न काम गर्छु भनेर आस्वासन नै दिएको देखिन्छ । पुष्पकमल दाहाल प्रचण्डले जुन दिन देखि सरकारको नेतृत्व गरे सोहि दिन देखि चर्को आलोचनाका पात्र बन्न पुगे । प्रचण्ड सरकारको चौतर्फी बिरोध भयो । प्रचण्ड सरकारको नेपालको तराई र भारतमा मात्र स्वागत गरियो ।
नेपालको प्रधानमन्त्रिको स्वागत नेपालमा हुन सकेको छैन भारतमा दिपावलि हुनुमा हामि जनताले के बुझ्नु ? के प्रचण्ड सरकार वास्तवमा नेपालका लागि बनेको सरकार थियो ? यदि थियो भने नेपालिले स्वगत गर्न किन सकेनन् ?
कुरा भारत भ्रमणको, के थ्यो त्यो भ्रमणको उपलब्धि हुने वाला र त्यत्रो संख्यामा सदृश्य लानु पर्ने । नेपालको स्वाभिमानमा नै आँच आउने गरि गरिएको भ्रमण बाट के अपेक्षा गर्ने नेपाली जनताले ? नेपाल कति नै धनि छ र ? के नेपालमा सम्भावना छैन र ? कि नेपाल सक्षम नै छैन भन्न खोज्नुभएको हो । नत्र फास्ट ट्रयाक किन भारतलाई दिनु पर्थाे के दक्ष जनशक्ति नै छैन नेपालमा ? नेपालबाट दैनिक १० हजार नेपालि युवा विदेशिएका छन् ।
सकिन्छ भने नेपालमै उद्योग खोलियोस् सरकार किन अफगानिस्तान र इराक मा रोजगरिको लागि खुल्ला गर्नु पर्यो ? नेपालको विगत हेर्ने हो भने हेटौडाको जुट मिल , जनकपुरको कपडा उद्योग अहिले कता गयो ? खै त्यो ? अरु देशको उन्नति हून्छ प्रगति हुन्छ तर नेपालको अवनति किन ? यो के को कारण देखिएको समस्या हो ? समस्या उठान मा हामि जनता भन्दा नेता बढि सिपालू छन् । तर कसले खोज्यो समाधानको विषय ?
अब कुरा राष्टिय भाषाको , के कमि छ सरकार ? सरकार भन्दा पनि यो प्रचण्ड जिको प्रस्ताव हो । पक्कै माननिय ज्युले केहि कमि देख्नुभएको हुनु पर्छ । नत्र नेपालमा कति मातृ भाषा लोप हुने खतरामा छन् । त्यस तर्फ ध्यान नगएको वा नदिएको हो र थाहा भएन । नत्र त्यो हिन्दि भाषामा के छ र हाम्रो प्रधानमन्त्रि जिको त्येता तिर मरिहत्ते गरेको । नेपालमै घले , दुमि , लेप्चा , बोटे , जिरेल , दुरा लगाएत का भाषा त कुठाउँको हो भन्ने सम्म पनि थाहा छैन होला जसले हिन्दिलाई राष्टिय काम काजको भाषा बनाउने भनेर भनेका छन् । सकिन्छ भने ति मातृ भाषालाई मात्र जोगाई दिएमात्र पुग्छ सरकार ।
वर्तमान सरकारको जति तारिफ गरेपनि कमै हुन्छ किनकी एति काम गरे कि त्यो सबैकाम ले जनता रुष्ट मात्र बनाए । धादिङ जिल्लाको कुरालाई हेर्दा यदि त्यो सरकारि काम हो भने मध्य रातमै किन गरियो । कि त्यो दिन बिहान १० बज्दैन थ्यो होला र ? यदि त्यो सरकारि काम हैन भने किन सरकार मौन छ कार्वाहि किन गर्दैन ? कि सरकार रिमोट बाट चल्ने टि भि हो । २०७३/०६/११ गते सामुदायिक रेडियो को विश्व संगठन ले क्ष्यतिको विवरण सहित को प्रतिवेदन बुझायो त्येस पछि मात्र बन मन्त्रालयले छानबिन टोलि गठन गर्यो । कि सरकारलाई सामुदायिक रेडियो को विश्व संगठनले प्रतिवेदन बुझाउनु अघि थाहानै थिएन कि रेडियो माथि आक्रमण भएको छ भन्नेकुरा ।
अन्य देशका नागरिक सरकारि सुरक्षा मा बस्छन् र सरकारद्धरा आफु सुरक्षित रहेको अनुभुति गर्दछन् । हाम्रो देशमा जनता सरकार बाट नै असुरक्षित छन् भन्दा सायद गल्ति हूदैन जस्तो लाग्छ । सरकारको कुन चाहिँ काम ले जनताले म सुरक्षित छु भनेर निर्धक्क भन्न पाएका छन् । हामिले गिरिजा प्रसाद कोइराला को सासन त्येसपछि माधब कुमार नेपालको सासन अनि पुष्पकमल दाहाल प्रचण्डको सासन अनि के पि ओलिको पनि सासन हेर्यौँ तर काम कसैले सम्झन लायक गरेनन् । के. पि ओलिले भने देशलाई केहि आत्म निर्भर बनाउने काम गर्नल सुरवात गरेका थिए तर उनि लाई पनि बिफल गरियो ।
यस पछि म के निष्कर्श मा पुग्येँ भने यो देश नेपालमा देश र जनता को लागि होइन याहाँ मात्र आफ्नो लागि राजनिति गरिन्छ । नत्र किन एकैदिन उपचार खर्चका नाममा करोडौँँै रुपैया कार्यकर्तालाई बाँड्थ्ये ।