Tue. Nov 26th, 2024

धादिङको सेमजोङमा ४१ लाख २९ हजारको लागतमा स्वास्थ्य चौकी निर्माण

कल्याण सापकोटा / ३ कात्तिक, धादिङ  – 

samjung-progem
धादिङको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाँउ विकास समितिमा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकीको उद्धाटन गरिएको छ ।

बुधबार सेमजोङ – ५ मा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक एवम् नीति योजना तथा अन्र्तराष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोेटेलले उद्घाटन गरे । स्वास्थ्य चौकी उद्घाटन गर्दै प्रमुख डोटेलले ग्रामीण क्षेत्रमा रहेका स्थानीयहरुले पनि सहज वातावरणमा सजिलैसँग स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपालका लागि नर्वेका राजदुत श्येल टोर्मोड पेटर्सन र नेपालका लागि जर्मनका महामहिम राजदूत माथियास मेयरले डोटेललाई साँचो हस्तान्तरढा गरेका थिए ।

नर्वे र जर्मन सरकारको सहयोगमा निर्मित सेमजोङ स्वास्थ्य चौकी ४१ लाख २९ हजारको कुल लागतमा निर्माण गरिएको हो । कार्यक्रममा जिल्लाको धुवाकोटमा निर्माण गरिएको दुई वटा, कटुञ्जेमा एक वटा, बुढाथुममा एक वटा र सेमजोङमा एक वटा गरि ५ वटाको उद्घाटन गरिएको हो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपश्चात गरिएको पुर्ननिर्माण र पुर्नस्थापनका कार्यक्रम अन्र्तगत धादिङ जिल्लाभर १६ वटा स्वास्थ्य चौकीको निर्माण गरेको छ । यस अघि ११ वटा स्वास्थ्य चौकीहरुको उद्घाटन गरेर स्वास्थ्य सेवा समेत प्रदान गरिरहेको छ ।

स्वास्थ्य चौकीमा ओपीटि, परिवार नियोजन, सुरक्षित मातृत्व, एचआइभी एड्स परिक्षण, टिभी रोग लगायतका विभिन्न स्वास्थ्य सेवा दिने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सञ्जिव गहजराजले जानकारी दिए ।

गाँउमा स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् । स्वास्थ्य सेवा लिनका लािग कच्ची सडक हुँदै सदरमुकामसम्म पुग्नु पर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजना र जर्मन विकास समितिको सहयोगमा भएको कार्यक्रममा धादिङका सांसद दिलमान पाख्रिन, परशुराम तामाङ, जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्ल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: