Tue. Nov 26th, 2024

कक्षा दशको परीक्षा पनिकाले नै लिने

३ कात्तिक, काठमाडौं –

l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

कक्षा दशको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन  गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ ।

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो ।

तर, बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता पाउन नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस वर्षका लागि कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको  छ ।

पनिकाले परीक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरिसकेको छ । परीक्षाका लागि आवेदन फारम र कक्षा नौमा २०७४ को परीक्षाका लागि रजिष्ट्रेसन फारम भरिसकेको छ । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: