धादिङ
शिक्षा पत्रकार समूहले धादिङमा रहेको चेपाङ विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । धादिङको जोगीमारा –२ कापथलीमा रहेको श्री जलकन्या प्राथमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी शुक्रबार शैक्षिक सामग्री प्रदान गरेको हो ।
विद्यालयलाई आवश्यक पर्ने टेबल १ थान, सोफासेट १ थान, कार्पेट २ बन्डेल, प्लाष्टिकको कुर्ची २० थान, काठको कुर्ची ५ थान, प्रधानाध्यापकका लागि कुर्ची १ थान, सेतीपाटी १ थान, कम्प्यूटर १ थान सहयोग गरेको शिक्षा पत्रकार समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।
विद्यालयलाई यस अघि पनि जापानको एसियन फेन्डसिप नेटवर्कबाट ६ कोठे भवन निर्माणका लागि १० लाख सहयोग गरेको थियो । अहिले विद्यालयको भवन निर्माणको कार्य भइरहेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चेपाङ, विद्यालयका प्रधानाध्यापक टंक बहादुर राना, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ लगायतको सहभागीता रहेको थियो ।