१ कात्तिक, धादिङ –
नेकपा एमाले केन्द्रिय कमिटिका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले वर्तमान सरकार सुकेको हाँगामा झुण्डिएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले सरकारको काम कारवाही र असफल विदेश नितिको कारण सरकार सुकेको हाँगामा झुण्डिन पुगेको बताएका हुन् ।
उनले यो सरकारले समृद्ध नेपालका हिमाल, पहाड, तराईलाई टुक्राउने खेल भएको बताए । केपी ओली नेतृत्वको सरकार लोकप्रिय र जनमुखी बन्दै गएको कारण त्यसलाई बिगार्ने र भत्काउने खेलको बिरुद्धमा एमाले लागि पर्ने बताए ।
भट्टराइले भने, ‘संविधानको सफल कार्यन्वयनका लागि अव सवै दल सम्मिलित सहमतीय सरकार बनाउनु पर्छ र त्यसको लागि नेकपा एमालेले पहल गर्छ ।’ सरकार गिराउने खेलमा एमाले नलागे पनि जनविरोधी काम गर्दे गएकाले अव यसको विकल्प जनताले आँफै खोज्ने उनले बताएका हुन ।
नेकपा एमाले प्रतिपक्षमा बसेपनि अहिलेको सरकारले प्रतिपक्षसंग कुनै पनि विषयमा एक पटकपनि संबोधन गरेको उनको आरोप थियो । मधेशीदलले सविंधान संसोधनको माग गरिरहेको भएपनि संविधान संसोधनको विषयमा प्रतिपक्षसंग प्रचण्ड सरकारले कुनैपनि संवादन गरी एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाए ।