३० असोज, धादिङ –
लगनशिल युवा क्लब चैनपुर – ४ धारापानीद्वारा आयोजित अन्तर क्लब स्तरीय फुटबल प्रतियोगितामा सालबास यूनाईटेड क्लव प्रथम भएको छ ।
दशैं तिहारको अवसरमा आयोजित प्रतियोगितामा डाडाँगाउ युवा क्लब सल्यान्टारलाई ट्राई बेकरमा ४-३ गोलअन्तरले पराजित गरि सालबास प्रथम भएको हो ।
खेलमा प्रथम हुने सालबास युनाईटेडले नगद १५ हजार ट्रफि र मेडल, दोस्रो हुने डाडांगाउ युवा क्लब सल्यान्टारले नगद १२ हजार र तृतीय हुने ज्वलन्त सामुदायिक बिकाश समाज मुरलीभन्ज्याङले नगद ८ हजार प्राप्त गरेका छन् ।