Thu. Mar 6th, 2025

स्पेनिस ला लिगामा रियल र बार्सिलोनाको जित

३० असोज, धादिङ- रियल मड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कामय राख्दै रियल बेटिसलाई ६–१ गेल अन्तरले हराएको छ ।

ला लिगामा लगातार तीन खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले हिजो राति भएको खेलमा रियल बेटिसलाई हराएको हो ।

रियलको जितमा क्रिष्टियानो रोलाल्डो, करिम बेन्जिमा, मार्सेलो र राफेल भरानले एक एक तथा इस्कोले दुई गोल गरे । यस्तै बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत हिजै राती सम्पन्न खेलमा डिप्रोटिभो लाकोरुनामाथि ४–० को जित हात पारेको छ ।

डिप्रोटिभोलाई हराउन बार्सिलोनाका मेस्सी र लुइस स्वारेजले एक एक तथा राफिन्हाले दुई गोल गरे ।

About The Author

अन्य समाचारहरु: