नेपाली महिला टोलीले एसिया कप खेल्न पाउने भएको छ ।
आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कप खेल्न पाउने भएको हो ।
महिला विश्वकपको एशियाली छनौटमा हङकङ र चीनलाई पछि पार्दै नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । समूहमा ६ मध्ये पाँच खेलमा जित हासिल गरेको थाइल्याण्ड समूह बिजेता बन्दै विश्वकप छनौटमा पुगेको छ ।
एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो ।