Sat. Nov 16th, 2024

जिल्ला स्वास्थ्य कार्यालय धादिङको सूचना

यही मिति २०७३ साल कार्तिक १ गतेदेखि ७ गतेसम्म पोषण सप्ताह मनाउन लागिएको र २–५ गतेसम्म राष्ट्रि«य भिटामिन ए कार्यक्रम र पोषणको अवस्थाको लेखाजोखा गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा ६ महिनादेखि ५ वर्ष सम्मका ३१ हजार ८ सय ६१ जना बालबालिकाहरुलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका २७८५९ जनालाई जुकाको औषधी साथै ६ महिनादेखि ५९ महिनासम्मका बालावालिकाहरु ३१ हजार ८ सय ६१ जना र ९ हजार ४ सय ५९ जना गर्भवती साथै ६ महिनासम्मका सुत्केरी महिलाहरुको पोषणको अवस्थाको लेखाजोखा र बालबालिकाहरुलाई  बालभिटा विरतण गर्न लागिएको हुंदा सो कार्यक्रममा आ–आफ्नो वडाका महिला स्वास्थ्य स्वंयसेविकासँग सम्पर्क गरी सेवा लिन हुन अनुरोध छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङ

About The Author

अन्य समाचारहरु: