२३ असोज, धादिङ –
आइसीसी महिला विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपाल आइतबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ ।
हङकङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७७ रनमात्रै बनाउन सक्यो ।
७८ रनको लक्ष्यसहित जवाफी व्यटिङमा उत्रिएको हङकङले २१ बल बाँकी छँदै १६.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि निर्मलाकुमारी शाहीले सर्वाधिक १८ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले १२ रन जोडिन् भने रश्मी चौलागाइँले ११ रन बनाइन् । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने महिला विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।