२३ असोज, धादिङ –
विश्व विजेता जर्मनीले विश्व कप २०१८ को छनौट खेलमा लगातार दोस्रो जीत गरेका छन् । शनिबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलार्य ३–० ले हरायो । जर्मनीको जीतमा थोमस मुलरले दुई तथा टोनी क्रसले एक गोल गरे । १३ औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलार्य सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको जर्मनीको अग्रता ४९ औं मिनेटमा क्रसले गोल गरेपछि दोब्बर भयो । ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मुलरले जर्मनीलाई ३–० को जित दिलाए । समूह सीमा रहेको जर्मनी दुई खेलबाट ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । एक अंकसहित चेक गणतन्त्र चौथो स्थानमा छ । समूह सी अन्तर्गत नै राति भएको खेलमा नर्वे अजरबैजानसँग १–० पराजित भयो ।