Fri. Mar 7th, 2025

थ्रेसहोल्डका पक्षमा प्रमुख दल

 hold

२१ असोज, काठमाडौं –तीन ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्को व्यवस्था राख्ने तयारी थालेका छन ।

शुक्रबारसम्म संशोधन हाल्ने म्याद रहेपनि बिहीबारसम्म २० वटा संशोधन दर्ता भइसकेको संसदको विधायन समितले जनाएको  छ ।

प्रमुख विपक्षी एमालेले नेता राजेन्द्र पाण्डेको संयोजकत्वमा संस्थागत रुपमानै संशोधन दर्ता गरेको छ ।

उक्त प्रस्तावमा तीन प्रतिशत थ्रेसहोल्ड राख्नुुपर्ने, नयाँ दल दर्ताका लागि १० हजारको हस्ताक्षर अनिवार्य गर्नुपर्ने र निर्वाचत मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै माओवादी केन्द्रका आशा कोइरालासहित आठ सांसदले थ्रेसहोल्डको प्रस्ताव गरेका छन् ।

कांग्रेसका एक सांसदका अनुसार कांग्रेसले पनि तीन प्रतिशत थ्रेसहोल्डको प्रताव लैजाने तयारी गरेको छ । अन्नपूर्णपोष्ट दैनिकबाट

About The Author

अन्य समाचारहरु: