१८ असोज, धादिङ –
प्रशस्त श्रोत र साधन भएर पनि राजनीतिक दलहरुकै कारण देशको विकास हुन नसकेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन् ।
नजिकिदै गरेको वडा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन धादिङको बेनिघाट आइपुगेका नेता रावलले विदेशी शक्तिको आडमा नेपाली कांग्रेस र माओवादीले सरकार परिवर्तन गराएकोे दावी गरे ।
कार्यक्रममा धादिङ क्षेत्र नं. ३ बाट विजयी सांसद राजेन्द्रप्रसाद पाण्डेले भुकम्प प्ििडतको समस्या बुझ्न धादिङमा सांसदहरुको छुट्टै टोली बनाएर लागि परेको बताए । विभिन्न कारणले गर्दा भुकम्पको राहत लिन नपाएका, घर बनाउन सरकारले उपलब्ध गराउने अनुदान लिन नपाएका र घर बनाउन नपाएकाहरुको समस्या पहिचान गर्न थालिएको बताए ।