१६ असोज, काठमाडौं – सरकारले स्थानीय तह पुनर्संरचना आयोगलाई नयाँ टीओआर दिएपछि कसरी काम गर्ने भन्ने विषमा आयोगनै अन्योलमा परेको छ ।
सरकारले जिल्लाको इलाकालाई मुख्या आधार मानी स्थानीय तह निर्माण गर्नुपर्ने उल्लेख गरी आयोगलाई नयाँ टीओआर दिएपछि आयोग अन्यालमा पर्न गई काम नै ठप्प बनेको हो ।
आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले अव सरकारसँग बसेर स्पस्ट भएपछि मात्रै काम अगाडि बढाइने बताएका छन् ।
अहिले नयाँ विषय आएको छ, इलाकालाई आधार मान्ने भनिएको छतर इलाकाको तथ्यांकनै अभाव रहेछ’ पौडेलले भने,’अब एकचोटी सरकारसँग बसेपछि मात्रै हामी प्रस्ट धारणा बनाएर अघि बढ्छौं ।’े राजधानी दैनिकबाट ।