Sat. Mar 15th, 2025

साउदीमा समस्यामा पर्ने नेपाली बढ्दो

saudi१५ असोज काठकाण्डौ–  साउदीमा नेपाली कामदारहरु समस्यामा पर्ने क्रम बढ्दै गईरहेको छ ।  अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय  नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको हो  ।

प्रवासी नेपाली समन्वय समितिले जनाए अनुसार कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब तथा अन्य सुविधा नपाएको १४, बाध्यकारी श्रममा लगाएको सात, राहदानी नवीकरणमा समस्यामा परेका छन् ।

सुरक्षित आप्रवास परियोजना (सामी) अन्तर्गत संस्थाले १८ जिल्लाका सूचना केन्द्र र समितिको केन्द्रीय कार्यालय मार्फत पछिल्लो नौ महिनामा साउदी अरब सम्बद्ध ३०१ निवेदन परेको समितिका परियोजना संयोजक कृष्णशोभा सुवालले जानकारी दिए । तीमध्ये मृत्यु भएको ७३, भने अनुसारको काम र तलब नपाएको ५२, तलब नपाएको ३८, स्वास्थ्य समस्या ३६, कारागारसम्बन्धी २०, सम्पर्कविहीन १४, बेचबिखन चार लगायत निवेदन  परेका छन् ।

साउदीमा आवश्यकतानुसार दूतावासमा कर्मचारीको अभाव, उद्धारका लागि साउदी कम्पनीले सहयोग तथा समन्वय नगर्ने, दूतावास र रोजगार संस्थाले एकार्कालाई देखाएर समस्याबाट पन्छिन खोज्ने गरेको समितिले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: