१४ असोज, धादिङ –
धादिङ जिल्लामा शनिबार विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङले जनाएको छ ।
मर्मत संभारका लागि भन्दै नेपाल विद्युत प्राधिकरणले बिहान ७ बजेदेखि मर्मत संभार नहुन्जेलसम्म विद्युत सेवा बन्द गर्ने बताइएको छ ।
नुवाकोट जिल्लाको देविघाट जलविद्युत्त केन्द्रवाट धादिङ जिल्ला तर्फ ल्याईएको विद्युत्त प्रशारण लाइनमा केही समययता अवरोध देखिएका कारण त्यसको मर्मत संभार गर्नका लागि सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।