Fri. Jan 31st, 2025

माफ गर्नुस् हाकिम साब, रातारातको उदण्डलाई मैले कसरी बहादुरी मानुँ ?

saugat
सौगात लंम्साल –
जब सुर्याेदय हुन्छ अनि मात्र हुन्छ बिहान । जव सुर्यको सुमधुर किरण धर्तिमा पोखिन्छ तब हुन्छ बिहान । हामी दिनरात मध्यरात मध्ययान्न काम गर्न सजिलो होस् नै भनेर बनाइएको हो । नेपालकै कानुन मा उल्लेख भएको कुरा हो कामका आधारमा एक दिन तीन खण्डमा विभाजित छ । काम, आराम अनि मनोरञ्जनका लागि । सामान्य कुरा हो हामी रातमा सुत्छौ विहान उठ्छौ । यो सामान्य अनि नियमित नै होइन र ? हामी दिनमा ८ घण्टा काम गछाँै साँझ विहान रमाइलो गछाँै अनि रातमा त मस्त निद्रा मा नै त हो नि होइन र ?

मलाई सायद भ्रम भएको हुनु पर्छ सा’व, म सायद दिउँसो ४ बजे सम्म पो सुतेँ कि ? नत्र मलाई एति बेला सम्म सुत्छस भनेर भन्नु हुन्नथ्यो होला हैन र ? म त एक साधारण मान्छे दिन भरि काम गरेर खानुपर्ने मान्छे मलाई यस्तो कुरा कहाँ बाट बुझ्नु आउंछ र है  ? हुनत  हाम्रो सा’वको बहादुरी मान्नु पर्छ किनकी महिला बालबच्चा सुतिरहेको ठाउँ मा गएर बल प्रयोग गर्न जो कसैको वहादुरीले कहाँ भ्याउँछ र ? मलाई थोरै पनि विस्वास नभएको कूरा हो कि कुनै सरकारि कर्मचारि सरकारि काम को लागि मध्यरातमा आफ्ना दलबल सहित आउँछ भनेर । मलै केहि पनि थपेको छैन सा’व तपाईंले नै ल्याउनु भएको भिड वाट आएको एउटा शब्द जसले मलाई अचेल ठिक तपाईले नै उठाएको समयमा ठिक तपाईले नै उठाउनु भएको विधिले झस्काएर प्रतेक दिन उठाउन तपार्इंले छाड्नु भो तर त्यसले छोडेन ।

सा’व मेरो विन्ति छ कतै पनि प्रहरि र डोजर सँगै नहिडाउनु मलाई आफ्ने असाध्यै मायाँ लाग्छ । सा’व ल ठिक छ म त आफैँ आफ्नो खुट्टाले घिसारिन सकेँ तर विचरा त्यो अवोध ५ महिनाको त्यो शिशुको के दोस थियो र आफ्नो पुरा निद निदाउन पाएन । त्यो आफैँ हिँसामा परेकि महिला आनन्दले एक रात कसैको खप्कि नखाईकनै सुत्छु भनेर नै आएकि थिइन होला नि होइन र ? हो हजुर को बहादुरीको जतिनै प्रसंशा गरेपनि कम्ति नै हून्छ । किनकि त्यति कलिलो नवजात शिशुको निद्रा खोस्न जो कोहिको बहादुरीले धान्दैन ।

सायद जानी नजानी तपाइले संसारकै नौलो काम गर्नु भएको छ । सायद मध्यरातमा कसैले पनि यस्तो आतंककारी शैलिमा सरकारि काम गर्दैन होला । कतै गर्छ भने मलाई थाहा छैन । म साझो के नै जान्ने छु र मलाई त रातमा केवल नराम्रो काम मात्र हुन्छ जस्तो लाग्छ जस्तै चोरि । तपाईले गर्नुभएको त्यो काम को म के उपमा दिउँ । अनि मैले नबुझको कुरो भवन त भत्काउनु भयो त्यसमा मेरो भन्नु केहि छैन तर मध्य रातमै  किन ? समान माथि को तोडफोड किन ? महिला माथिको दुव्र्यावहार किन ? सुरक्षित आवास गृहलाई पुर्व सुचना किन नदिएको ? बिहेको निम्तो त घरै पिच्छे दिनु पर्छ त्यो त झन् घर भत्काउने कुरा जुन सुरक्षित आवास गृहलाई अत्तो पत्तो छैन ।

सा’व नरिसाउनुहोस् है म थोरै तपाईले देखाउनु भएको व्यवहारको कुरा गर्छु है । तपाई लाई दिउँसो काम गर्दा लाज लाग्छ हो । नत्र किन राति आउनु भाको त ? सरकारि काम गर्ने भनेको त १० देखि ४ वजे सम्म हैन र कि मलाई थाहा नभएको हो ? अनि तपार्इं जस्तो मान्छेले त्येस्तो ब्यावहार गरेको देखेर मलाई उदेक लाग्यो मैले अझ प्रहरिहरु आँफैले पो गरेकी भनेर सोध्दा माथिको आदेश भन्ने उत्तर पाएं । त्यहाँ तपाई भन्दा माथि कोहि थियो र ?

अर्को कुरा नि युद्ध मा गोलि चलेको ठाउँमा त पत्रकार लाई रोकिँदैन तपाईको कस्तो काम हो जहाँ पत्रकारलाई प्रवेश निषेध गरियो । कि चिनिएन १० आँै बर्ष यहिं ठाउँमा कलम चलाउने पत्रकार, पत्रकार महासंघका अध्यक्ष, सायद चिन्नु भएन कि ? सायद अनुहार वदलिएको थियो वा तपाईको कार्यलय समयमा मानिस चिनीने उज्यालो थिएन ? सायदै त्यस्तै भयो होला नत्र पहिले आँफैले जवर्जस्ति निकालेको पत्रकारलाई फोटो खिच्ने तँ को होस् पक्कै भन्नु हुने थिएन  ।

  अन्तमा तपार्इंको कार्यशैैलिको र बहादुरिको कति बयान गरुँ म कति प्रश्न गरुँ तपाईलाई तर त्यो अबोध बालकले अवस्य प्रश्न गर्ने छ सा’व म राति सुत्नुमा मेरो के दोश ?

About The Author