१२ असोज, धादिङ –
धादिङमा दिनहुँ जसो हुने दुर्घटना स्थानिय प्रशासनको हेलचेक्¥याइका कारण भएको धादिङका सांसद गुरु प्रसाद बुलाकोटीको ठम्याइ छ ।
सडक निर्माण तथा मर्मतका लागि वर्षेनि लाखौ रकम विनियोजन भएपनि स्थानिय निकायको वेवास्ताका कारण फ्रिज हुने गरेको उनले संसदमा बुधबार भने । ग्रामिण क्षेत्रमा सडक मर्मत हुन नसक्दा दुर्घटनामा परी ज्यान गइरहेकोमा दुःख व्यक्त गरे ।
असोज ११ गते धादिङको मार्पाक गाविस वडा नं. ५ मा भएको वस दुर्घटनामा १९ जनाको मृत्यु र दर्जन भन्दा बढी घाइते हुनुमा सरकार दोषी भएको भन्दै मृतकका परिवारलाइ क्षतिपूर्ति र घाइतेहरुलाइ निशुल्क उपचार गरिनु पर्ने माग समेत राखे ।