Fri. Mar 7th, 2025

५० हजारले ज्यान गयो, जिम्मेवार नेपाल सरकार : सांसद परशुराम तामाङ (अडियो सुन्नुहोस्)

parsuram-tamang१२ असोज, धादिङ –

असोज ११ गते धादिङको मार्पाक गाविस वडा नं. ५ मा भएको वस दुर्घटनामा १९ जनाको मृत्यु र दर्जन भन्दा बढी घाइते भएका छन् ।

यस दुर्घटनामा पर्ने अधिकाशं नेपाल सरकारको आवास सहयोगार्थ रकम लिन आएका भुकम्प पिडितहरु छन् । भुकम्प पिडितलाइ आवास सहयोगार्थ दिने भनिएको रकम गाउँ गाउँमै दिनु पर्ने माग राख्दा वेवास्ता गरेका कारण धादिङमा यस्तो क्षति पुगेको धादिङका सांसद परशुराम तामाङले बताए ।

उनले मृतकका परिवारलाइ क्षतिपूर्ति र घाइतेहरुलाइ निशुल्क उपचार गरिनु पर्ने माग संसदमा राखेका छन् ।

भिडियो हेनुहोस्

https://www.youtube.com/watch?v=HSAeQGsc_Qw&feature=youtu.be

अडियो सुन्नुहोस्

About The Author

अन्य समाचारहरु: