१२ असोज, काठमाडौं – बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्याउँदासमेत सरकारले रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोचच अदालत गुहारेका छन् ।
किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ ।
बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदीले रिट लिएर सर्वोच्च आएका हुन् ।
बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै कास्की प्रशासन, क्षेत्रीय प्रशासन, जिल्ला बनलगायतलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गरेका हुन् । अन्नपूर्णबाट