११ असोज, धादिङ– प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा बर्नली क्लबले र वाटफोर्डलाई २ – ० ले हराएको छ । बर्नलीका लागि जेफ हेन्ड्रिक ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । स्टेफन डेफोरले दिएको क्रस पासलाई हेड मार्फत गोल गर्दै हिन्ड्रकले गोल गरेका हन । वाटफोर्डका कप्तान टोरी डेनीले गरेका केही प्रहारलाई बर्नलीका गोलरक्षकले विफल पारेका थिए ।
पहिलो हाफसम्म १ – ० ले अग्रता लिएको बर्नली दोस्रो हाफको ५० औं मिनेटमा अग्रता दाब्बर बनायो । स्टेफन डेफोरले दिएको पासलाई मिचेल केनले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच बर्नलीका स्टेफन डेफार भए ।
खेल जितेपछि बर्नलीका प्रशिक्षक सिन डिचेले आफ्नो टिमले राम्रो खेलेकाले जित्न योग्य भएको बताए । ‘हामीले पहिलो हाफमा राम्रो खेल्यौं । दोस्रो हाफमा केही नर्भस भएपनि अग्रता दोब्बर बनाउँदै खेल जित्यौं । सम्पूर्ण टिमलाई बधाई ।’