११ असोज, धादिङ – सबैका लागि पर्यटन’ भन्ने नाराका साथ मंगलबार विश्वभर पर्यटन दिवस मनाइँदैछ ।
सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर यो दिवस मनाइँदै आएको छ । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएदेखिनै विश्व पर्यटन दिवस मनाउन थालेको पाइन्छ ।
अघिल्लो वर्षको तुलनामा टे«किङ, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा बढेको पर्यटकको संलग्नताले पर्यटन क्षेत्र बिस्तारै उकालो लाग्दै गएको सङ्केत देखिन थालेको छ । सन् २०१६ को पहिलो छ महिनाको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन सङ्ख्या १६ प्रतिशतले बढ्नु यसको बलियो प्रमाण हो ।
यस वर्षको पहिलो सिजनमा मात्रै चार सय जनाले हिमाल आरोहण गरिसकेका छन् । त्यसो त आठ लाखबाट अघिल्लो वर्ष पाँच लाखमा खुम्चेको पर्यटक आगमन सङ्ख्या एक लाभन्दा बढी सङ्ख्याले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।