Thu. Mar 6th, 2025

संविधान संशोधनमा कांग्रेसभित्रै विमति

flag-of-nepali-congress१० असोज, काठमाडौं –  सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चारसंघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारुढ कांग्रेसभित्रै विवाद चर्किएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर दृउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएको छ ।

पौडेल पक्षले आइतबार आफू पक्ष्धर बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टिको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको छ ।

पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरिरहेको छ ।

पौडेल पक्ष्धर नेताहरुले आइतबार अनामनगस्थित पौडेलको समपर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् ।

उनीहरले पार्टीमा छलफल नै नभएका कारण आफूहरु नै दुविधामा परेको र संस्थागत धारणा राख्ने नसक्ने अवस्था आएको निष्कर्ष निकालेका छन् ।

‘कुन कुन विषयमा संविधान संशोधान गर्ने हा रु पार्टीले पहिल्यै अस्वीकार गरिसकेको मुद्दामा पनि सहमति दिइएको हो कि भन्दे आशंका छ, यस्तो हो कि भन्ने आशंका लछ, यस्तो भयो र संस्थागत निर्णय भएन भने स्वीकार्य हुन्न,’ बैठकमा पौडेलको भनाइ उदृत गर्दै एक नेताले भने । राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: