Wed. Mar 5th, 2025

राजमार्गमा क्रसर व्यवसायीको दादागिरी, सवारी आवागमन अवरोध गरेर आन्दोलन

cras६ असोज, धादिङ – स्थानीय प्रशासनले क्रसर उद्योग सञ्चालनमा रोक लगाएको विरोधमा विहिबार पृथ्वीराजमार्गमा क्रसर व्यवसायी र ट्रिफर व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

क्रसर उद्योग सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको भन्दै व्यवसायीहरुले ट्रिफर, लोडर, डोजर र ट्रयाक्टर लगायतका साधनहरु पृथ्वीराजमार्गमा एकातर्फी सडक छेकेर विरोध स्वरुप प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले सहजै आफ्नो व्यवसायहरु सञ्चालन गर्न पाउनु पर्ने माग गर्दैै सरकारले आफ्नो मागलाई बेवस्था गरेमा भोलिबाट राजमार्ग पूर्णरुपमा ठप्प बनाउने चेतावनी दिएका छन् ।

क्रसर उद्योगीहरुले सय भन्दा बढी टिपर, ट्रक, डोजर र लोडरहरु राजमार्गमा राखी अवरोध गरेपछि पृथ्वीराजमार्ग सहज रुपमा सवारी आवागमन हुन सकेको छैन । ब्यवसायीहरुको अवरोधका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा मात्रै संचालन भएको छ । व्यवसायीहरुले डोजर, टिप्पर र मजदुरहरुलाई थाक्रे–५, जुगेखोलास्थित राजमार्गमा एकतर्फी रुपमा सडकमा लाइन लगाएर राखेपछि सवारी आवागमन प्रभावित बनेको हो । प्रहरीले भने एकतर्फी यातायात सञ्चालन गराइरहेको छ । व्यवसायीहरुले सहजै आफ्नो व्यवसायहरु सञ्चालन गर्न पाउनु पर्ने माग गर्दैै तत्काल माग पुरा नभए शुक्रवारबाट राजमार्ग पूर्णरुपमा ठप्प बनाउने चेतावनी दिएका छन् ।

स्थानीय प्रशासनलाई निरन्तर आग्रह गर्दा वेवास्था गरेपछि क्रसर व्यवसायीहरुले असोज १ गतेबाट अनुमति विना नै क्रसर सञ्चालनमा ल्याएका थिए । अनुमति विना क्रसर सञ्चालनमा आएपछि स्थानीय प्रशासनले चार जना मजदुरलाई नियन्त्रणमा लिने र व्यवसाय बन्द गर्ने काम गरेपछि आफूहरु आन्दोलित हुनुपरेको क्रसर व्यवसायीहरुले बताएका छन ।

जिल्लामा सञ्चालनमा रहेका २८ वटा क्रसर उद्योगमा कार्यरत मजदुर, मेकानिक्स, टिप्पर चालक, सहयोगी, र उद्योगका सञ्चालकहरु राज्यले आफूहरुको कमाइ गरी खाने ठाउँ खोसेको आरोप लगाउँदै तत्काल उद्योग सञ्चालनको वातावरण बनाइ दिन माग समेत गरेका छन् ।

जिल्लाका चालु रहेका २७ वटा क्रसर उद्योगीहरुसँग ७ सय टिपर र ९ सय स्काभेटर तथा डोजरहरु छन् । उपकरण चालक, सहायोगी, मेकानिकहरु, ढुङ्गा संकलन गर्ने मजदुरहरु समेत १८ हजार जना मजदुर क्रसर उद्योगमा काम गर्दछन् ।

About The Author

अन्य समाचारहरु: