६ असोज, काठमाडौं – व्यवस्थापिका संसदले पारित गरेको संकल्प प्रस्ताव र सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको कार्यान्वयन हुँदै नभएको पाइएको छ ।
सरकारले पछिल्लो समयमा मात्रै संसदबाट पारित भएको एक दर्जन निर्देशन अवज्ञा गरेको हो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि व्यवस्थापिका संसदमा दुई संकल्प प्रस्ताव पारित भएका थिए भने करिब एक दर्जन जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यसबारे के प्रगति भएको छ भन्ने विषयमा न त संसदलाई जानकारी छ, न सरकारले नै यसबारे जानकारी दिन सक्छ । संकल्प प्रस्ताव पारित भएपछि सरकारले त्यसलाई सिधै कार्यान्वयनमा लैजानु पर्ने र के कति प्रगति भयो रु त्यसको जानकारी संसदलाई दिनुपर्छ ।
तर अहिलेसम्म सरकारका तर्फबाट संकल्प प्रस्तावको कार्यान्वयनका विषयमा संसदबाट कुनै जानकारी नगराएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए । राजधानी दैनिकबाट