Wed. Mar 5th, 2025

रियल मड्रिड बराबरीमा रोकियो

real-madrid६ असोज, धादिङ –  रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ । र, लिगमा लगातार १७ जित जित हात पार्दै चिरप्रतिद्वन्द्वी बार्सिलोनाले बनाएको रेकर्ड तोड्ने मौका गुमाएको छ ।

बुधबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पहिलो हाफको अन्तिममा पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ४८ औं मिनेटमा सर्जिओ रामोसले घरेलु टोलीका लागि बराबरी गोल गरे । दोस्रो हाफमा जिदानको टोलीले भिल्लारियलमाथि लगातार दबाब गोल गर्न सकेन र जितको यात्रामा पूर्णविराम लागेको छ ।

About The Author

अन्य समाचारहरु: