Tue. Nov 26th, 2024

क्रसर उद्योगमा काम गर्ने ४ जना मजदुर पक्राउ

cras

५ असोज,  धादिङ – जिल्ला प्रशासनको कार्यलय धादिङको निर्देशन अवज्ञा गरी क्रसर उद्योग संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यलय धादिङले ४ जना जना कामदारहरुलाई पक्राउ गरेको छ ।

जिल्लामा क्रसर उद्योग संचालन गर्ने विषयमा लामो समयदेखि विवाद रहदै आएको भएपनि प्रशासनको निर्देशन अवज्ञा गरेको भन्दै क्रसर उद्योगमा काम गर्ने कामदारहरुलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रशासनले जनाएको छ । नेपाल सरकारले २०७३ असार मसान्तसम्मको समय दिएर उद्योग विभाग अन्तरगतको मापदण्ड अनुसार ब्यवसाय संचालन गर्न दिइएको निर्देशन अवज्ञा गरिएको भन्दै जिल्ला प्रशासन कार्यलय धादिङले २ महिना अघिदेखी धादिङका क्रसर ब्यवसाय बन्द गराएको थियो ।

सरकारी मापदण्ड पुरा नगरि संचालन गर्न नपाइने भन्दै २ महिना अघिदेखि बन्द रहेको क्रसर गत असोज १ गतेदेखि प्रशासनको निर्देशन अवज्ञा गर्दे संचालमा आएपछि प्रहरी परिचालन गरेर आज २ वटा क्रसर उद्योगमा काम गर्ने ४ जना कामदारहरुलाइ पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रक्तकाली रोडाढुङगा उद्योगबाट १ जना र एभरेष्ट एग्रीग्रेट बाट ३ जना रहेका छन ।

कामदारहरुलाइ आदमबाटबाट गएको शसस्त्र प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यलयमा बुझाइएको क्रसर ब्यवसायीले बताएपनि जिल्ला प्रहरी कार्यालय धादिङले भने यस विषयमा कुनैपनि जानकारी नभएको बताएको छ । क्रसर उद्योग बन्द गराएर करौडौको लगानी डुवाएको र हजारौँ कामदारहरुलाइ अलपत्र पारेको भन्दै क्रसर उद्योगी आन्दोलित भइरहेका बेला कामदार समेत पक्राउ गरेपछि स्थानिय प्रशासन र क्रसर उद्योगीवीच टकराव बढेको छ ।

क्रसर उद्योगी जुनसुकै हालतमा ब्यवसाय संचालन गर्ने पक्षमा देखिएका छन भने स्थानिय प्रशासन मापदण्ड पुरा नगरुन्जेल ब्यवसाय संचालन गर्न नदिने पक्षमा देखिएको छ ।

About The Author

अन्य समाचारहरु: