Tue. Nov 26th, 2024

अर्थ मन्त्रालयमै अड्कियो उर्जा संकटकाल विधेयक

ministry-of-finance

५ असोज काठमाडौं – १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष कार्यान्वयनका लागि ल््याउनुपर्ने उर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ  ।

८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनाले तीन महिनाभित्र उर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अड्किएको छ ।

मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेको ७ महिना वितिसकेको छ तर हालसम्म मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा समेत पुगेको छैन ।ढिलो गरी गत असारमा मात्र उर्जा मन्त्रालयले विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो ।

कारोबार दैनिकबाट।

About The Author

अन्य समाचारहरु: