४ असोज, धादिङ – रोजगारीका सिलसिलामा साउदी अरब गएका धादिङका दिपक तामाङ सहित ४६ जना नेपाली कामदार अलपत्र परेका छन् ।
५ महिनाअघि साउदीअरबको अलकासिमस्थित अलदोहिन सुलेमान कम्पनीमा आएका ४६ जना कामदार बिचल्लिमा परेका हुन् । काम नपाएर आफूहरु त्यतिकै बस्नुपरेको र अहिलेसम्म तलब समेत नपाएको उनीहरुले गुनासो गरेका छन् ।
काठमाडौंस्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पनीलार्इ जनही ८५ हजार देखि १ लाख रुपैयांका दरले रकम बुझाएर गत बैशाख २३ गते उनीहरु साउदी गएका थिए ।पीडित नेपाली कामदारहरुले नेपाली दूताबास, समबन्धित निकाय र विभिन्न संघ संस्थालार्इ खानबस्नका लागि मात्र भएपनि ब्यबस्था गरिदिन र उद्धारका लागि नेपाल सरकारसम्म खबर पुर्याइदिन आग्रह गरेका छन् ।
अलपत्र पर्नेमा तनहुँ, रौतहट, दाङ, कास्की, सल्यान, सिन्धुपाल्चोक, उदयपुर, खोटाङ लगायत विभिन्न जिल्लाका युवाहरु रहेका छन् ।