Sat. Mar 15th, 2025

अमेरिकामा आठ सय बढी आप्रवासीलाई भूलबस नागरिकता

america

४ असोज, वासिङ्टन (अमेरिका) – अमेरिकी प्रशासनले कम्तिमा ८५८ जना विदेशीलाई ‘भूलबस’ नागरिकता प्रदान गरिन पुगेको सोमबार अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले बताएकोे छ ।

यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएका मानिसहरुसमेत परेको बताइएको छ ।

यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्सपेक्टर जनरल रोथका संपरीक्षकहरुले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती हुने गरेका बताएका छन् ।

उनीहरु कुन मुलुकबाट अमेरिका प्रवेश गरेका भन्ने सम्बन्धमा भने गोप्य राखिएको छ ।

About The Author

अन्य समाचारहरु: