Thu. Mar 6th, 2025

डिफेन्डिङ च्याम्पियन युभेन्टस हा¥यो

 football

३  असोज– इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानले डिफेन्डिङ च्याम्पियन युभेन्टसलाई हराएको छ । युभेन्टस इन्टर मिलानसँग २–१ ले हारेको हो । यो सिजनमा लिगमा युभेन्टसको पहिलो हार हो ।
अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको इन्टरलाई जिताउन आइकार्डी र पेरिसिकले गोल गरे । युभेन्टसका लिक्सटाइनरले एक गोल फर्काए । ९० औं मिनेटमा बानेगा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्टर केही समय १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो स्थानको युभेन्टसको हारपछि चार खेलबाट ९ अंक भएको छ । शीर्ष स्थानको नापोलीको समान चार खेलबाट १० अंक छ । चार खेलबाट सात अंक जोडेको इन्टर मिलान छैटौं स्थानमा उक्लिएको छ ।

About The Author

अन्य समाचारहरु: